गाउँपालिकामा कर्मचारी जान नचाहने र प्रमुख प्रशासकीय अधिकृतहरु सरुवा भइरहने समस्या छ: लक्ष्मी पाण्डे

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले गाउपालीकामा कर्मचारी जान नचाहने र प्रमुख प्रशासकीय अधिकृतहरु छिटो छिटो सरुवा गरिदने जटिल समस्या झेल्न बाध्य रहेको बताउनु भएको छ ।

विश्व सन्देशसँगको कुराकानीमा अध्यक्ष पाण्डेले देशका कतिपय गाउँपालिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिृकत विहिन रहेको भन्दै तत्काल खाली रहेका ठाउँमा कर्मचारी पठाउन सरकारसँग माग समेत गर्नु भएको छ ।

गाउँपालिकामा कम बजेट हुने, कर्मचारीको अभाव हुने, समयमा कर्मचारी नपठाउने, कार्यकारी अधिकृतहरु छिटो छिटो सरुवा गरिदिने जस्ता कारणले झमेला झेल्न बाध्य हुनु परेको उहाँले बताउनुभयो । महासंघले गाउँपालीकाका समस्यालाई समाधानमा पहलकदमी गर्ने कार्य गरिरहेको उहाँको भनाई छ ।

संविधानले ब्यवस्था गरेको स्थानीय तहका अधिकारलाई सुरक्षीत गर्दै स्थानीय तहको सुशासन, विकास र सेवा प्रवाहलाई मजबुत बनाउने कार्यमा सबै गाउँपालिकालाई सशक्तीकरण, क्षमता विकास र विभिन्न विकास साझेदारी संघसंस्थासँग संयुक्त रुपमा काम गर्ने वातावरण बनाउने काममा महासंघ लागिपरेको छ ।

महासंघले विभिन्न बाझिएका ऐनका विषयमा संघ र प्रदेश सरकारसँग समन्वय, सहकार्य गदै निरन्त लविगं गरिरहेको पाण्डेले उल्लेख गर्नु भयो ।

त्यस्तै, देशभरका ४६० गाउँपालिकाहरुलाई सम्पर्क गरेर समयमै यो वर्षको योजना कार्यान्वयन गर्न आग्रह गरिरहेको बताउनुभयो । संघीय सरकारले तत्काल विभिन्न विधेयकहरु संसदमा पेश गर्ने तयारी गरिरहँदा महासंघले विधेयकमा सुझावहरु पठाउने काम पनि गरेको छ ।

विधेयकका विषयमा संघीय मामिला मन्त्रीलाई ध्यानर्कषण पत्र बुझाएको बताउँदै पाण्डेले संघीय निजामति ऐन नआउँदा कतिपय स्थानीय तह स्थानीय तहमैत्री बन्न नसकेको बताउनुभयो ।

संविधानले ब्यवस्था गरेको स्थानीय तहका अधिकारलाई सुरक्षीत गर्दै स्थानीय तहको सुशासन, विकास र सेवा प्रवाहलाई मजबुत बनाउने कार्यमा सबै गाउँपालिकालाई सशक्तीकरण, क्षमता विकास र विभिन्न विकास साझेदारी संघसंस्थासँग संयुक्त रुपमा काम गर्ने वातावरण बनाउने काममा महासंघ लागिपरेको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।

स्थानीय जनताको आंकाक्षा धेरै हुने भएकाले समस्या समाधान गरेर गाउँभित्र रहेका नागरिकको विकासको आवश्यकता, आधारभूत आवश्यकता समाधान गरेर नगरउन्मूख बनाउन ठलो चुनौती रहेको र त्यसैमा पहलकदमी र बहश पौरवी गरिरहेका पनि उल्लेख गर्नुभयो ।

त्यस्तै, उहाँले स्थानीय नागरिकहरुले केहि काम गर्छन भन्ने विश्वासका साथ जिताएको र त्यो मर्म र संकल्पलाई निबिर्सीकन आ आफनो स्थानीय तहमा राम्रा रचनात्मक कामहरुमा संकल्पीत भएर लाग्न आग्रह समेत गर्नुभयो ।

स्थानीय तह नजिकको सरकार भएकाले जनप्रतिनिधिको रुपमा काम गर्दा नागरिकको अपेक्षा छिटै सम्बोधन नभए पनि त्यहाँको समस्या, त्यहाँको नागरिकको भावनासँग मिलेर आफ्नो कार्यकालमा अधुरा कामहरु सम्पन्न गर्नतर्फ सबै सचेत भएर लाग्नुपर्छ ।

‘हामीले चाह्यौ भने गर्न सक्छौ भनेर स्थानीय नागरिकलाई देखाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामीलाई विविध प्रकारका अड्चन र आरोपहरु पनि आउँन सक्छन् । स्थानीयले जानेनन, काम भएन, यति धेरै अधिकार दिनु हुँदैन भनेर पनि भनीन्छ । सबैलाई मेरो आग्रह छ, हामीले नै संघीयताको सफल कार्यान्वयन गर्ने हो । संघीयताको जग नै स्थानीय तह भएकाले हामीले ऊर्जाशील भएर, आप्mना नागरिकको अनुहार नबिर्सिएर काम गर्नुपर्छ । संघीयता सफल हुन्छ ।’

स्थानीय तह नजिकको सरकार भएकाले जनप्रतिनिधिको रुपमा काम गर्दा नागरिकको अपेक्षा छिटै सम्बोधन नभए पनि त्यहाँको समस्या, त्यहाँको नागरिकको भावनासँग मिलेर आफ्नो कार्यकालमा अधुरा कामहरु सम्पन्न गर्नतर्फ सबै सचेत भएर लाग्नुपर्ने बताउनुभयो । ‘सबैले आआफनो नागरिक, भूगोललाई राखेर एकदमै मिहेनताका साथ पाँच वर्ष एकदमै छोटो छ भनेर महसुस गरेर, सम्झेर काम गरेमा सफल भइन्छ, विशेष गरि नागरिकसँग अत्यन्तै बफादार भएर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।


प्रकाशित | २ चैत्र २०७९, बिहीबार १७:२६