दुई दशकको अवधिमा नेक्सस ईन्टरनेशनल एकेडेमीले निकै ठूलो उपलब्धी हासिल गरेको छ: आरवी कट्वाल

काठमाडौं : काठमाडौंको काँडाघारीमा अवस्थित नेक्सस ईन्टरनेशनल एकेडेमीले संस्कारसहितको शिक्षालाई प्राथमिकता दिएको छ । एकेडेमीका फाउन्डर पिन्सिपल आरबी कट्वालले एक कार्यक्रमकाबीच सो कुरा बताउनु भएको हो ।

एकेडेमी वि.सं २०६३ सालमा स्थापना भएको हो । दुई दशकको सेरोफेरोमा एकेडेमी अघि बढिरहदा प्राज्ञीक क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल भएको प्रिन्सीपल आरबी कट्वालले जानकारी दिनु भयो ।

नयाँ भवनको शिलान्यास गर्नुहुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

शिक्षा र अतिरिक्त क्रियाकलापहरुलाई संगसंगै अघि बढाएको उहाँले बताउनु भयो । पिन्सिपल आरबी कट्वालले विद्याथीको शैक्षिक उपलब्धीलाई मात्र ध्यान नदिई खेल्दै सिक्ने र सिक्दै खेल्ने वातावरण पनि बनाउँदै विद्यार्थीको ब्यक्तीत्व विकासमा अगाडि बढिरहेको बताउनु भयो ।

पिन्सिपल आरबी कट्वालले निकट भविष्यमा अत्याधुनीक सुविधा सम्पन्न भवन निर्माण हुने र विद्यालयलाई थप ब्यवस्थित ढंगले सञ्चालन गरिने बताउनुभयो । शुक्रबार मात्रै एकेडेमीको नयाँ बन्ने भवनको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के।पी ओलीले उद्धघाटन गर्नु भएको थियो ।

एकेडेमीले प्रविधिको अधिकतम प्रयोग गर्दै विद्यार्थीहरुको सिकाईमा जोड दिएको प्रिन्सीपल आरबी कट्वालले स्पष्ट पार्नु भयो ।


प्रकाशित | १ चैत्र २०७९, बुधबार २०:०९