कागेश्वरी मनोहरा नगरपालिकाले फागुनसम्म उठायो १३ करोड १० लाख राजस्व

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फाुगन महिनासम्म १३ करोड १० लाख १३ हजार ३२७ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा नगरपालिकाका ९ वटा वडा र नगरपालिकाबाट सो रकम बरावरको राजस्व संकलन भएको हो ।

नगरपालिकाका अनुसार १ नं. वडाबाट ३६ लाख १७ हजार २७४ रुपैयाँ, २ नं. वडाबाट १७ लाख ६७ हजार ५२१ रुपैयाँ, ३ नं. वडाबाट २३ लाख ९१ हजार १२० रुपैयाँ, वडा नंं ४ बाट ५० लाख १३ हजार ४५० रुपैयाँ, ७९ लाख ५६ हजार ६७१ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, वडा नं.६ बाट १ करोड ४८ लाख १८ हजार ४१८ रुपैयाँ, वडा नंं ७ बाट १ करोड ५४ लाख ६९ हजार २० रुपैयाँ, ८ वडाबाट १ करोड २ लाख ६४ हजार ७५० रुपैयाँ र वडा नंं ९ बाट २ करोड ४० लाख ७५ हजार ८६१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यता नगरपालिका कार्यालयबाट मात्र ४ करोड ५६ लाख ३९ हजार २३७ रुपैयाँ राजस्व संकलन भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिका र विभिन्न वडाबाट अपेक्षाकृत राजस्व संकलन भइरहेको र नगरपालिका विकास निर्माणमा लागिपरेको बताउनुभयो ।


प्रकाशित | १ चैत्र २०७९, बुधबार १४:५४