सूर्यविनायकका युवाले गरे नमूना नगर सभा, मेयर थापाद्धारा प्रशंसा

भक्तपुर: सूर्यविनायकका युवाहरुले नमूना नगर सभा आयोजना गरेका छन् । राष्ट्रिय युवा परिषदको ससर्त अनुदान अन्तर्गत सूर्यविनायक नगरपालिका र युवाका साथ साथ आवाज नेपालको संयुक्त आयोनामा युवाहरुले नमूना नगर सभा आयोजना गरेका हुन ।

कार्यक्रममा निर्वाचन मार्फत मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरु सहित नमुना युवा नगरसभाका सदस्यहरू छनोट गरिएको थियो । नमूना नगर सभाको मेयरमा रिजन सिलवाल र उपमेयरमा ओजस्वी काफ्लेले भूमीका निर्वाह गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_4215-1024x683.jpg

चार दिन सम्म चलेको नमूना नगर सभाको मंगलबार सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले समापन गर्नु भयो । मेयर थापाले नमूना नगर सभाको प्रशंसा गर्दै आफूले गर्ने नगरसभा र नमूनामा केहि फरक नपाएको तथा सिक्ने अवसर मिलेको बताउनुभयो ।

युवाहरुलाई हौसल्ला प्रदान गर्नुहुँदै मेयर थापाले आगामी हरेक वर्ष नमूना नगर सभा कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मेयर थापाले विकास निर्माणमा ऐक्यबद्धता राजनीतिमा प्रतिस्पर्धा भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नगरपालिका अगाडि बढेको र अहिलेसम्मको सबै निर्णयहरु सर्वसम्मत भइरहेको जानकारी गराउनुुहुँदै नमूना नगर सभाबाट पनि सबै निर्णयहरु सर्वसम्मत गराएर राम्रो सन्देश प्रवाह गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_4086-1024x683.jpg

दोस्रो कार्यकालमा समेत निर्वाचीत हुनु भएको मेयर थापाले अहिलेसम्म १३ औं नगर सभा र १४२ वटा कार्यपालिका बैठकहरु सर्वसम्मत पारित गराउन सफल हुँदै आउनु भएको छ । मेयर थापाले नीति, ऐन, नियममा टेकेर र कुनै जात, क्षेत्र, पार्टीलाई भेदभाव नगरि काम गरेमा हरेक निर्णय सर्वसम्मत हुने र कुनै विवाद सिर्जना नहुने गरेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा कार्यक्रममा सहभागिलाई मेयर थापाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले युवाहरुको रचनात्मक र नमूना कार्यको प्रशंसा गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_4116-1024x683.jpg

कार्यक्रममा युवाका साथ साथ आवाज नेपालका अध्यक्ष श्रीकृष्ण थापाले युवाहरुको क्षमता अभिबृद्धि गर्न र राजनीतिक चेतना स्तर माथि उकास्न यस्ता कार्यहरुको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न नगरपालिकाका अन्य जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।


प्रकाशित | ३० फाल्गुन २०७९, मंगलवार २२:३५