कागेश्वरी मनोहराको संयोजनमा काठमाडौं जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

काठमाडौं: काठमाडौं जिल्लास्तरीय १२ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं जिल्ला खेलकुद बिकास समितीको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा गान्धी आदर्श मावि काँडाघारीमा जिल्लास्तरीय राष्ट्रपती रनिङ प्रतियोगिता सम्पन्न भएको हो ।

भलिबल प्रतियोगितामा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताको छात्र तर्फको खेलमा काठमाडौं महानगरपालिकाको टिम र छात्रा तर्फको चन्द्रागिरी नगरपालिका टिम प्रथम भएको छ ।

त्यस्तै, छात्र तर्फ ताकेश्वर नगरपालिका र छात्रा तर्फ काठमाडौं महानगरपालिका टिम दोस्रो भएका छन् । उता छात्रतर्फ कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिका तथा छात्रातर्फ गोकर्णेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिका तेस्रो हुन सफल भएका छन् ।

खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर शान्ता थापा, कागेश्वरी नगरपालिकाको तर्फबाट खेलकुद संयोजक भिमसेन थापा, कार्यकारी अधिकृत अजय बर्तौलाले संयुक्त रुपमा शिल्ड तथा ट्रफी वितरण गर्नु भएको थियो ।


प्रकाशित | २६ फाल्गुन २०७९, शुक्रबार ११:४९