कृष्णजीवी पन्थले पाए एनआरएनए अमेरिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले पाउनु भएको छ । अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका बाहिर जानु परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पन्थलाई दिइएको हो ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसँगै पन्थीले एनआरएनए अमेरिकालाई संस्थागत पारदर्शीतामा जोड दिदैं सबैले अपनत्व महसुस गर्ने गरि काम गर्ने बताउनुभयो ।

एनआरएनए अमेरिकाले पहिलो पटक एमआईएस सिस्टममार्फत ‘आफ्नो सदस्यता आफै बन्ने र आफ्नो भोट आफै दिने” प्रबिधिको ब्यबस्था गरिएको जानकारी गराउनुहुँदै तोकिएकै समयभित्र सदस्यता बन्न र नवीकरण गर्न आह्वान समेत गर्नु भएको छ ।


प्रकाशित | २३ फाल्गुन २०७९, मंगलवार २३:३३