गैर आवासीय नेपालीको उपलब्धीलाई संस्थागत गर्न एकता अपरिहार्य छ : राम प्रताप थापा

काठमाडौं : गैर आवासिय नेपाली संघका संस्थापक उपाध्यक्ष राम प्रताप थापाले गैर आवासीय नेपाली संघलाई उपलब्धि मुलक बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले एनआरएनएको मुलमर्म बिर्सेर राजनिति हाबी हुन थालेपछि उपलब्धि विहिन भएको बताउनु भयो । गैर आवासीय नेपाली संघ भित्र विशाल उपलब्धी हुँदै गर्दा गर्दा यो उपलब्धि बेक्कार हुने होकि भन्ने डर आफुलाई लाग्ने गरेको उहाँले बताउनु भयो ।

जर्मनका लागी नेपाली अवैतानिक महावाणिज्य दुत समेत रहेका थापाले नेपालले दोहोरो नागरिकताको प्रावधान ल्याउन नसके हानिकारक हुने समेत बताउनु भयो । नेपालमा जन्मेर हुर्केर केही कमाउने आशा बोकी विदेश आएका नेपालीहरुको सपनालाई पछिल्लो नेपालको परिस्थितिले चिन्तामा लगेको उहाँले बताउनु भयो ।

विदेशमा रहेका नेपालीहरुलाई एकजुट बनाउन स्थापन गरिएको संस्था मार्फत आफुले युरोपमा धेरै कार्यहरु गरेको बताउदै थापाले दुई दशक आफुले सकेको भुमिका निर्वाह गर्न पाउदा आफु सन्तुष्ट रहेको समेत थापाले बताउनु भयो ।

थापाले भइरहेको नागरिकलाई तँ नेपालीनै होईनस भनेर नेपाल सरकारले देखाउन थालेको व्यवहार गैर जिम्मेवारी रहेको समेत बताउनु भयो । गैर आवासीय नेपाली संघले अहिलको स्थितीलाई जर्गेना गरेर अगाडी बढ्न नसके ठुलो समस्या आउने समेत उहाँको तर्क छ ।

आफुहरुलाई नेपाल सरकारले विदेशी बनाएर गरेको व्यवहार विरुद्ध गैर आवासीय नेपाली संघमा आवद्ध नेतृत्वले लडनुपर्नेमा उहाँले जोड दिनु भयो । आफैआफै लडेर, फुटेर कमजोर हुनु भन्दा पनि गैर आवासीय नेपाली संघमा आवद्ध सबै नेपालीहरु एकजुट भई अगाडी बढ्न सके नेपालीपनको वातावरण बन्न सक्ने उहाँले बताउनु भयो ।

पछिल्लो समय गैर आवासीय नेपाली संघ दुर्घटनामा गएको बताउदै यसलाई समयमै समाधान गर्न नेतृत्व तहलाई थापाले आग्रह गर्नु भयो । नेपालमा गैर आवासीय नेपाली संघलाई जुटाउन भन्दा पनि फुटाउन सक्रिय भएकाले यस्तो भएको उहाँको तर्क छ । आफुहरुलाई फुटाएर कमजोर बनाएर केही व्यक्ति निहित स्वार्थमा लागेको आरोप उहाँको रहेको छ ।

विदेशमा रहेका नेपालीहरुमा पनि चेतना आएको बताउदै थापाले जुन हिसाबले गैर आवासीय नेपाली संघ स्थापना भयो यसको उद्देश्य पुरा हुन नसकेको उहाँको कथन छ ।

विदेशमा रहेका नेपालीहरुलाई एकजुट बनाउन स्थापन गरीएको संस्था मार्फत आफुले युरोपमा धेरै कार्यहरु गरेको बताउदै थापाले दुई दशक आफुले सकेको भुमिका निर्वाह गर्न पाउदा आफु सन्तुष्ट रहेको समेत बताउनु भयो ।

गैर आवासीय नेपाली संघमा आफनो लगानी र मिहेनतको कदर हराउदै गएको आभाष आफुले पाएपछि यसबाट टाढा हुदै आएको उहाँले बताउनुभयो ।

सुरुवात राम्रै भएपनि जब गैर आवासीय नेपाली संघ भित्र निर्वाचनको कुरो आयो यसपछि यसले ट्रयाक छोड्न थालेको थापाले बताउनु भयो ।यसभित्र राजनीति हावी भयो र आफुलाई पनि बेवास्ता हुन थालेपछि आफुलाई पनि यो संस्थाप्रति खासै चासो हुन छाडेको उहाँको गुनासो छ ।

आफुलाई बारम्बार नेतृत्वको आशा जगाएर पन्छाएकोमा मन दुखेको बताउदै यसले कसैलाई पनि फाईदा नभएको र गैर आवासीय नेपाली संघ टुक्रन पुगेको उहाँले बताउनु भयो ।

सुरु देखी गैर आवासीय नेपाली संघको संरचनामा कमजोर रहेको स्वीकार गर्दै थापाले नेपालमा यसको महत्व बढ्दै जानु र संरचनामा ध्यान नदिनुनै अभिसाप रहेको उहाँले बताउनु भयो ।

गैर आवासीय नेपाली संघमा आफनो लगानी र मिहेनतको कदर हराउदै गएको आभाष आफुले पाएपछि यसबाट टाढा हुदै आएको उहाँले बताउनुभयो । उहाँले आफु माथि भएका गतिविधि जे जस्तो भएपनि गैर आवासीय नेपाली संघप्रति आफनो सदैव सहयोग र स्नेह रहने बताउनु भयो ।

स्रोत: सिधा खवरका मणिराज गौतमले तयार पार्नु भएको भिडियो रिपोर्ट


प्रकाशित | १८ फाल्गुन २०७९, बिहीबार १६:१३