अष्ट्रेलियामा नेपाली फुड प्रमोशन कार्यक्रम हुँदै, मास्टर सेफ साहले नेपाली खानाको स्वाद चखाउने

काठमाडौं:  नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा सिड्नीमा ५ दिने नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) हुने भएको छ । आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा ५ दिने नेपाली खाना महोत्सव हुने भएको हो ।

पत्रकार सम्मेलनमा नेपाली फुड फेस्टिभल बारे जानकारी गराउनुहँदै अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेजका डाईरेक्टर गणेश केसी ।

This image has an empty alt attribute; its file name is ganesh-kc-1024x659.jpg

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकको तर्फबाट अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेजका डाइरेक्टर गणेश केसीले नेपाली खानालाई अष्ट्रेलियामा प्रचार प्रसार गर्ने उद्देश्यले नेपाली खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराउनुभयो । डाइरेक्टर केसीका अनुसार पाँच दिने महोत्सवमा नेपाली खानालाई संसारभर प्रचार प्रसार गर्दै आउनु भएका मास्टर सेफ सन्तोष साहको मेनुमा नेपाली खानाको स्वाद र परिकारहरु खुवाइनेछ ।

पत्रकार सम्मेलनमा अष्ट्रेलियामा हुने नेपाली फुड फेस्टिभल बारे जानकारी गराउनुहुँदै मास्टर सेफ सन्तोष साह ।

This image has an empty alt attribute; its file name is santosh-shaha--1024x645.jpg

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको एनआरएन अभियन्ता तथा एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष समेत रहनु भएको केसीले अष्ट्रेलियामा करिब १ लाख ८० हजारभन्दा बढी विद्यार्थी र ७० हजार हाराहारीमा स्थायी बासिन्दा रहेको बताउँदै दिनप्रतिदिन नेपालीको संख्या बृद्धि भइरहेको अवस्थामा महोत्सवले नेपाली खानाको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुयभो ।

अष्ट्रेलियामा पनि धेरै नेपालीहरु हस्पिटालिटी क्षेत्रमा काम गरिरहेको र हरेक क्षेत्रमा पहिचान बनाउँदै लगेको बताउँदै केसीले नेपालको खानालाई अष्टे«लियामा पनि अभिबृद्धि गर्नुपर्छ भन्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is college-1024x646.jpg

केसीले सिड्नी सिटीमा डेढ वर्षदेखि अष्ट्रेलिययन प्याशिफिक इन्टरनेशनल कलेज सञ्चालन गर्दै आउनु भएको छ । कलेजले विशेषगरि सिपमूलक शिक्षा, कर्मसियल कुकरी, सटिफिर्केट किचेन म्यानेजमेन्ट, डिप्लोमा हस्पिटालिटी कोर्ष सञ्चालन गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा सेफ मास्टर सन्तोष साहले नेपालीहरुले विदेशमा गएर पनि नेपाली खाना चाख्न पाउनुपर्छ भन्ने र नेपाली खानालाई प्रचार प्रसार गर्ने उद्देश्यले पाँच दिने महोत्सवमा सहभागि हुन लागेको बताउनुभयो । अष्ट्रेलियामा हुन लागेको महोत्सवमा एक दिनमा ५० जनालाई खुवाउन सकिने र पाँच दिनमा दुई सय पचास जनालाई नेपाली खाना खुवाउने सेफ साहले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is participante-1024x664.jpg

सेफ साहका अनुसार खानामा २० प्रकारका परिकार हुने र खाना खान कम्तिमा दुई घन्टा बस्नुपर्नेछ । २० प्रकारको नेपाली खानाको लागि प्रति ब्यक्ती अष्ट्रेलियन डलर १८० देखि २०० टिकट दर तोकिएको छ ।

https://youtu.be/5EJdYxTmGFc


प्रकाशित | ३ फाल्गुन २०७९, बुधबार १८:२४