काठमाडौं : गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माध्यमिक विद्यालयले हात पारेको छ । चामुण्डा विद्यालयले जम्मा २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड हात पार्न सफल भएको हो ।
आइतबार बाल सुधार स्कुलको प्रागणमा आयोजित समापन समारोह कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले उपाधि जित्न सफल चामुण्डा विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड हस्तान्तरणा गर्नुभयो ।
त्यस्तै, प्रतियोगितामा इष्टपोल माध्यमीक विद्यालयले १३९ अंकसहित द्धतिय र गोकर्ण माध्यमिक विद्यालय ९६ अंक प्राप्त गरि तृतिय स्थान हासिल गरेको छ ।
नगर प्रमुख रिसाल सहित उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले शिल्ड, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
तीन दिन सम्म चलेको प्रतियोगितामा ३६ वटा विद्यालयका १ हजार भन्दा बढी विद्याथी खेलमा सहभागि थिए । प्रतियोगिताका विभिन्न ६ विधा अन्तर्गत खेल खेलाइएको थियो ।
हेर्नुहोस तस्विरहरु




















प्रकाशित | २९ माघ २०७९, आईतवार १९:१२