तरकारी उपजहरु उत्पादन गर्ने विद्यार्थीहरुलाई कागेश्वोरी नगरप्रमुख कार्कीको सम्मान

काठमाडौँ  -सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा उत्पादित वस्तुहरु उत्पादन गर्ने श्री सिद्धि गणेश मा.वि का विद्यार्थीहरुलाई कागेश्वोरी मनोहरा नगरपालिकानगरप्रमुख उपेन्द्र कार्कीले सम्मान गर्नुभएको छ ।

श्री सिद्धि गणेश मा वि का विद्यार्थीहरुले आफूले उत्पादन गरेका तरकारी उपजहरु कागेश्वरी मनोहरा नगरपालिका लाई उपहार प्रदान गरेका गरेका थिए ।

सभामा उपस्थित व्यक्तित्त्वहरुलाई च्याऊ,बन्दा, गोलभेडा, चम्सुर,साग, काउली लगायत तरकारीहरु प्याकेजिङ गरी विद्यार्थीहरुले उपहार प्रदान गरेका थिए ।

सो कार्यक्रममा नगरप्रमुख कार्कीले आगामी दिनहरुमा कृषि , बागवानीको उदाहरणीय विद्यालय कायम गर्न नगरले सक्दो पहल गर्ने वचनबद्धतासमेत व्यक्त गर्नु भएको थियो ।


प्रकाशित | २१ माघ २०७९, शनिबार ०८:१६