विश्व विजेता अर्जेन्टिना फिफाको कारवाहीमा

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिनाले कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको आरोपमा अनुशासनात्मक कारबाही भोग्ने विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जनाएको छ ।

सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पुष्टि भएको फिफाले जनाएको छ । यस्तैगरी अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको क्रममा मिडिया र मार्केटिङ नियमहरू उल्लङ्घको आरोप लागेको छ ।

फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना सन् १९८६ पछि पहिलोपटक विश्व च्याम्पियन बनेको हो ।देशको प्रशिक्षण टोलीका कुन खेलाडी वा सदस्यहरूलाई अपराध गरेको अभियोग लगाइएको छ वा ती अपराधहरू वास्तवमा के हुन् भन्ने स्पष्ट छैन ।

इंग्लिस क्लब एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले खेलपछि आफ्नो गोलकिपर अफ द टूर्नामेंट ट्रफीसँग अभद्र व्यवहार गरेका थिए । ड्रेसिङ रुममा फ्रान्सका स्टार केलियन एमबाप्पेको समेत खिल्ली उडाएको तस्विर सार्वजनिक भएको थियो ।

फिफाले आफ्नो अनुशासन संहिताको तीन सम्भावित उल्लङ्घनहरू पुष्टि गरेको छ । अनुच्छेद ११, जसले आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनलाई समेट्छ, धारा १२, जसले खेलाडी र अधिकारीहरूको दुर्व्यवहारलाई समेट्छ, र धारा ४४ जसले मार्केटिङ नियमहरू समावेश गर्दछ । अब अनुसन्धान गरिनेछ, जुन समयमा अर्जेन्टिनाले आरोपको जवाफ दिन सक्षम हुनेछ ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको क्रोएसियामाथि भेदभावका साथै खेलमा व्यवस्था र सुरक्षाको सम्भावित उल्लंघनको पनि अनुसन्धान भइरहेको छ ।

यसैबीच, सर्बियालाई ४४ हजार पाउन्ड जरिवानासँगै अब हुने अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला आंशिक रुपमा बन्द गरिने भएको छ । समूह ‘जी’ मा स्वीट्जरल्यान्डसँग ३–२ को हारपछि सर्वियन समर्थकले आफ्नो टोली र विपक्षी टोलीलाई दुर्व्यवहार भएको जनाएको छ ।

त्यसैगरी, मेक्सिको र इक्वेडरलाई विश्वकपमा समर्थकहरूले नारा लगाएकोमा सजाय दिइएको छ । मेक्सिकोलाई ८८ हजार पाउन्ड जरिवाना र बन्द रंगशालामा घरेलु लिग खेल्न आदेश दिइएको छ । यस्तै इक्वेडरलाई १७ हजार ६५० पाउन्ड जरिवाना र रंगशाला आंशिक रुपमा बन्द गरि खेलाउन आदेश दिइएको छ ।


प्रकाशित | ३० पुष २०७९, शनिबार १३:२३