सूर्यविनायकले खुलायो जग्गाको कित्ताकाट

भक्तपुर : सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले कित्ताकाट खुलेको सबै वडा कार्यालयलाई परिपत्र गर्नु भएको छ ।

नगरपालिकामा लामो समय कित्ताकाट रोकिदा स्थानीयलाई आर्थिक संकट परेको र नगरको आयमा समेत यसले नकारात्मक असर पारेकोले कित्ताकाट खोलीएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले उल्लेख गर्नु भएको छ ।

गत जेठदेखि नगरपालिकामा कित्ताकाट बन्द गरिएको थियो । यस बीच नगरपालिकाले भूउपयोग  नीति पास गरेर भूमिको वर्गीकरण समेत गरेको छ ।


प्रकाशित | २५ पुष २०७९, सोमबार ०८:०५