प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण

काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु भएको छ । सपथ ग्रहण लगत्तै साझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो ।

यसअघि दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो । हाल पहिलो पटक २०६५, दोस्रो पटक २०७४ मा ९-९ महिना कार्यकाल प्रधानमन्त्री बन्नु भएको थियो ।


प्रकाशित | ११ पुष २०७९, सोमबार २१:१५