उपप्रधान र अर्थ मन्त्रालयसहित विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौँ:  नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने निर्णय गरेको छ । पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । पौडेल यसअघि पनि दुई पटक अर्थमन्त्री भइसक्नु भएको छ । योसहित छैटौं पटक मन्त्री बन्न लाग्नु भएको हो ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई पनि मन्त्री बनाउने टुगो लागेको छ । उनीहरुलाई आजै शपथ ग्रहण गराइनेछ ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १५:२४