सांसद रवि लामिछानेको नागरिकता विवाद र गैर आवासीय नेपालीको सवाल

गौरीराज जोशी, महासचिव
एनआरएनए

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा सांसद रवि लामिछानेको नेपाली नागरिकता विवादका वारेमा विभिन्न तर्क वितर्कहरु आईरहेका छन् ।

चुनाव सकिए लगत्तै सांसद रविसंगै जोडिएर आएको नागरिकता विवाद उनको मात्र होइन विदेशमा वस्नै हज्जारौं नेपालीसंग जोडिएको छ । वाध्यतावश विदेशमा बस्दा लाखौं नेपालीले सजिलोका लागि स्थायी बसोवास अनुमती वा नागरिकता लिनु स्वभाविक हो । यसले नेपाललाई फाइदा वाहेक कुनै नोक्सान छैन । यसलाई वुझेर गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकताको निरन्तरतालाई शुरुदेखिनै अभियानका रुपमा बढाएको थियो ।

नेपालको संविधान र कानुनमा विदेशमा बस्दा त्यहां लिएको नागरिकता त्यागेपछि भईरहेको नेपाली नागरिकता कायम हुने उल्लेख छ । कानुनको यही मुल मर्म अनुसार अहिलेको विषयलाई उदार भएर हेर्नु पर्छ भन्ने मलाई लाग्छ ।

नागरिकताको विषय उठाएर विदेशमा वस्ने नेपालीको राष्ट्रियता, नेपाल राष्ट्रप्रतिको मायालाई कम मुल्यांकन गर्दा विदेशमा रहेका ५० लाख नेपालीको भावनासंग खेलवाड पनि हुन्छ ।

कुनै पनि देशको कानुनभन्दा माथि कोही पनि हुदैंन । तर, संविधान र कानुनको मुलमर्मलाई पनि विर्सन हुदैंन । सांसद रविसंगै उठेको विवादलाई पनि यही रुपमा हेरिनु पर्छ भन्ने मेरो मान्यता छ । र अन्तिममा एनआरएनएको मुख्य माग नेपाली नागरिकताको निरन्तरता नै हो, गैर्ह आबासिय नेपाली संघ यसका लागि पहल गरिनै रहने छ ।


प्रकाशित | २२ मंसिर २०७९, बिहीबार १९:१३