दोलखा प्रदेशसभा १ मा कांग्रेसका काफ्ले र २ मा एमालेका केसी विजयी

दोलखा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी हुनु भएको छ । काफ्लेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित विजयी हुनु भएको हो ।

विजयी काफ्लेले २२ हजार ७९७ मत प्राप्त गर्नुभयो । उहाँके निकटतम् प्रतिस्पर्धी श्रेष्ठ १४ हजार ७५५ मत पाउनुभयो । दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी हुनु भएको छ ।

केसीले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार आठ सय १९ मतान्तरले पराजित गर्नु भएको हो ।

प्रदेश सभा ‘ख’ मा ४२ हजार तीन सय ६६ मत खसेकोमा एक हजार पाँच सय ७६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रकाशित | १८ मंसिर २०७९, आईतवार २१:४७