दोलखाको पुन: मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो

चरिकोट: दोलखामा बिहीबार पुनः मतदान भएका १० वटा मतदान केन्द्रमा करिब ५० प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार १० केन्द्रमा ८ हजार ४ सय १४ मतदाता रहेकोमा ४ हजार २ सय ५७ अर्थात ५० प्रतिशत मत खसेको हो ।

कार्यालयका अनुसार बैतेश्वर २ मा ९५५, बैतेश्वर ३ मा १ हजाार २३८, बैतेश्वर ६ मा १ हजार २३४ र तामाकोशी ३ मा ८३० गरि कुल ४ हजार २५७ मत खसेको हो ।

मंसिर ४ को निर्वाचनमा भने बुथ कब्जा गरेर एक्लौटी रुपमा पाँच हजार ५७८ मत खसालीएको थियो । आज खसेको मत ४ मंसिरको भन्दा १ हजार ३३२ ले कम हो । ‘

प्रहरीले छिटफुट घटना बाहेक आजको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।


प्रकाशित | १५ मंसिर २०७९, बिहीबार १८:१२