बालकृष्ण शिवाकोटी : जसले दोलखामा राजनीतिक संस्कारको थालनी गरे

सन्दिप बुढाथोकी

हरेक निष्ठावान् राजनीतिक दल र नेताहरूले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्नु पर्दछ । लोकतन्त्रमा बुथ कब्जा गर्ने, मतदातालाई आतंकीत बनाउने र धम्काउने जस्ता कार्य निन्दनीय छन् । यस्ता हर्कत लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुन् । जनतामा रहेको सार्वभौमिक अधिकारको प्रयोगलाई कुण्ठित गर्ने छुट कसैलाई छैन । चुनावमा जसरी पनि जित्नु पर्छ भन्ने नाममा राजनीतिमा थुप्रिएको फोहोर बढ्दै गएमा कुनै दिन राजनीतिक मैदान खाली नरहला भन्न सकिन्न ।

तिर्खा लाग्दा शुद्ध पानी नखाइ पानी नै हो भनेर फोहोर पानी पिउने हो भने एकछिनको तिर्खा मेटिएला वा नमेटिएला तर शरीरमा रोग लाग्ने कुरा निश्चित छ।

राजनीतिको हालको विकृतिलाई रोकेर शुद्धीकरणको अभियान नथाल्ने हो भने हामीले बनाएको लोकतान्त्रिक पद्धती नै धरापमा पर्ने छ । राजनीतिक पार्टीहरूका लागि त चुनाव बारम्बार आउँछ, जान्छ तर राजनीतिको मुल मर्मलाई नै परित्याग गरी, विचार, सिद्धान्त, आदर्शमाथि कुल्चेर राजनीतिलाई झन् फोहोर बनाउँदै जाने हो भने विद्रोह निम्ता दिनुको सिवाय केही हुदैन् । तिर्खा लाग्दा शुद्ध पानी नखाइ पानी नै हो भनेर फोहोर पानी पिउने हो भने एकछिनको तिर्खा मेटिएला वा नमेटिएला तर शरीरमा रोग लाग्ने कुरा निश्चित छ।

बालकृष्ण शिवाकोटी धन्यवादको पात्र हुनुहुन्छ जसले वर्षौदेखि मत हाल्नबाट बञ्चित मतदातालाई मताधिकारको सुनीश्चितता गराइदिनु भयो र आगामी दिनमा बुथ कब्जा नहुने र कसैले गर्न नसक्ने गरि पहलकदमी लिनुभयो ।

दोलखामा लामो समयदेखि मताधिकारबाट बञ्चित हुँदै आउनु भएका तमाम मतदाताहरुले आफैले आफ्नो मत हाल्न सक्ने वातावरण निर्माण भएको छ । दोलखाली जनताको लागि यो सबैभन्दा ठूलो उपलब्धी र खुसीको कुरा हो । यसका लागि नेकपा एमालेका उम्मेदवार समेत रहनु भएको बालकृष्ण शिवाकोटी धन्यवादको पात्र हुनुहुन्छ जसले वर्षौदेखि मत हाल्नबाट बञ्चित मतदातालाई मताधिकारको सुनीश्चितता गराइदिनु भयो र आगामी दिनमा बुथ कब्जा नहुने र कसैले गर्न नसक्ने गरि पहलकदमी लिनुभयो ।

उम्मेदवार शिवाकोटीले अन्य पार्टीले बुथ कब्जा गरिरहँदा उहाँले आफूले पनि त्यस्तो कार्य गर्न सक्नुहुन्थ्यो तर बुथ कब्जा गर्ने जस्ता कार्यमा उहाँ सहभाागि हुनु भएन । बरु उल्टै बुथ कब्जालाई दोलखाबाट सदाका लागि अन्त्य गर्न सम्बन्धीत निकायमार्फत कानुनी लडाई लड्नुभयो । अन्तोत्वगत्वा शिवाकोटीले कानुनी लडाई जित्नु भयो र दोलखाली जनताले आफ्नो मतको सदुप्रयोग गर्न पाए ।

उम्मेदवार शिवाकोटीले अन्य पार्टीले बुथ कब्जा गरिरहँदा उहाँले आफूले पनि त्यस्तो कार्य गर्न सक्नुहुन्थ्यो तर बुथ कब्जा गर्ने जस्ता कार्यमा उहाँ सहभाागि हुनु भएन । बरु उल्टै बुथ कब्जालाई दोलखाबाट सदाका लागि अन्त्य गर्न सम्बन्धीत निकायमार्फत कानुनी लडाई लड्नुभयो । अन्तोत्वगत्वा शिवाकोटीले कानुनी लडाई जित्नु भयो र दोलखाली जनताले आफ्नो मतको सदुप्रयोग गर्न पाए ।

मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा भएका आंशिक मतदान केन्द्रमा भए पनि पुनः निर्वाचन गर्ने ऐतिहासिक र साहसीक निर्णय लिने सबै जना धन्यवादको पात्र हुनुहुन्छ । साथै यहि मंसिर १५ गते हुने पुनः निर्वाचनलाई शान्तीपूर्ण र भयरहित बनाउन तपाई हामी सबैको भुमिका महत्वपूर्ण रहनेछ । त्यसका लागि सबैले आआफनो पक्षबाट सहयोग गर्न र दोलखाको शीर उच्चो बनाउन लाग्नुपर्ने देखिन्छ । धन्यवाद ।


प्रकाशित | १२ मंसिर २०७९, सोमबार १७:११