गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाईं भारि मतले विजयी

गोरखा : गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारि भतले विजयी हुनु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर विजयी हुनुभएको हो ।

अन्तिम मत परिणामअनुसार बजगाईंले ३३४२८ मत ल्याउनु भएको छ भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १६७८५ मत पाउनुभयो । उहाँहरुबीच १६६४३ को मतान्तर छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४८९२ मत ल्याउनुभयो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार २३:०७