अग्नी खरेललाई १४ हजार मतान्तरले पराजित गर्दै कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भारि मतसहित विजयी हुनु भएको छ । एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै पहिलो पटक शर्मा विजयी हुनु भएको हो ।

झापा क्षेत्र नं १ शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५३४९ मत पाउनुभयो । शर्मा २०७० को दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित हुनु भएको थियो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार १८:३८