बागलुङ-२ मा माओवादीका देवेन्द्र पौडेल विजयी

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल सुनिल निर्वाचित हुनु भएको छ । शिक्षा मन्त्रीसमेत रहनु भएका पौडेलले २४ हजार ७ हजार ७९ मत ल्याएर निर्वाचित हुनु भएको हो ।

नेकपा एमालेकी उम्मेदवार मन्जु चालिसेले २० हजार १ सय ८० मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तिला खत्रीले २ हजार ३२५ मत पाउनुभयो ।

बागलुङ–२ मा ९५ हजार ५६१ जना मतदाता रहेकोमा ५१ हजार १३५ मत खसेको थियो। जसमा ३ हजार ७५ मत बदर भएको थियो भने ४८ हजार ६० मत सदर भएको थियो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार १८:१२