म अपराध र विध्वंस गर्ने उम्मेदवार होइन, उद्यम सिर्जना गर्ने उम्मेदवार हुँ : बालृकष्ण शिवाकोटी

‘कालिञ्चोक विकास बैंक मेरै नेतृत्वमा स्थापित भयो, अहिले मेगा बैंकका रुपमा संचालित छ, त्यहाँ ३ हजारले रोजगारी पाउनुभएको छ, कालिञ्चोक केवलकार संचालनपछि प्रत्यक्ष ५० जना जतिले रोजगारी पाउनुभएको छ, हजारौं दोलखालीहरु त्यसबाट अप्रत्यक्ष लाभान्वित हुनुहुन्छ, त्यसकै कारण अहिले हरेक शुक्रवार र शनिवार दोलखाका कुनै होटल खाली हुँदैनन्, सयौं युवाको बेरोजगारीको समस्यालाई त्यसले हल गरेको छ’, शिबाकोटीले भन्नुभयो,‘दोलखामा पहिलो उद्योग संचालन गरेर तीन सयभन्दा बढिलाई रोजगारी सिर्जना गरेको छु, त्यसैले म दावाका साथ भन्छु, मेरो उद्यम र व्यसायबाट ५÷६ हजारले रोजगारी पाउनुभएको छ, मुलुकका लागि दोलखाका लागि ठूलो योगदान पुगेको छ, त्यसैले म र उहाँ(माओवादी केन्द्रका उम्मेदवार)का बीचमा फरक छ । 

दोलखा : नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिबाकोटीले आफू उद्यमशीलताबाट मात्र देशको विकास सम्भव रहेको मान्यता बोक्ने उम्मेदवार भएको बताउनुभएको छ ।  तामाकोशी गाउँपालिका–४ को मालुमा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उम्मेदवार शिबाकोटीले त्यस्तो बताउनुभएको हो । उहाँले उद्यमशीलता र युवाहरुलाई रोजगारी सिर्जना गरेर मात्र देशले फड्को मार्ने मान्यता बोकेर अगाडि बढेको प्रष्ट्याउनुहुँदै विगतमा अपराध र विध्वंश गरेर पनि प्रायश्चित नगर्नेहरुलाई जनताले जनमतबाटै जवाफ दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

‘अहिले कतिपयले व्यवसायी भनेर मेरा विरुद्ध भ्रम फैलाउन खोज्नुभएको छ, सत्य कुरा मैले राजनीति र व्यवसाय सँगसँगै गर्दै आएको छु, राजनीतिक व्यबस्था मात्रै परिवर्तन भयो, तर जनताको अबस्था परिवर्तन भएन, त्यो अबस्था परिवर्तन गर्ने संकल्पसहित तपाईंहरुको माझमा आएको छु’ उहाँले भन्नुभयो,‘मेरो उद्यमशीलता, व्यवसायिक क्षमताको अनुभवलाईसमेत ध्यानमा राखेर जिल्लाका अग्रज नेताहरुले मलाई अगाडि सार्नुभएको हो, त्यसैले कोही पनि भ्रममा नपर्नुहोला, मुलुक परिवर्तन गर्न केके गर्नुपर्छ त्यो सोच, अनुभव र क्षमता मसँगछ ।’

आफूले उद्यमशीलताबाट देशमा ५ हजारभन्दा बढिका लागि रोजागारी सिर्जना गरेको, जिल्लामै पहिलो पटक उद्योग स्थापना गरेको, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउनेगरी आधारशीला खडा गरेको स्मरण गर्दै उहाँले विगतमा विध्वंश मच्चाएर अपराध मात्र गर्न जानेकाहरुले मुलुकको समृद्धि र रोजगारीमा के योगदान पु¥याए भन्ने गम्भीर प्रश्नसमेत गर्नुभयो ।

‘कालिञ्चोक विकास बैंक मेरै नेतृत्वमा स्थापित भयो, अहिले मेगा बैंकका रुपमा संचालित छ, त्यहाँ ३ हजारले रोजगारी पाउनुभएको छ, कालिञ्चोक केवलकार संचालनपछि प्रत्यक्ष ५० जना जतिले रोजगारी पाउनुभएको छ, हजारौं दोलखालीहरु त्यसबाट अप्रत्यक्ष लाभान्वित हुनुहुन्छ, त्यसकै कारण अहिले हरेक शुक्रवार र शनिवार दोलखाका कुनै होटल खाली हुँदैनन्, सैयौं युवाको बेरोजगारीको समस्यालाई त्यसले हल गरेको छ’, शिबाकोटीले भन्नुभयो,‘दोलखामा पहिलो उद्योग संचालन गरेर तीन सयभन्दा बढिलाई रोजगारी सिर्जना गरेको छु, त्यसैले म दावाका साथ भन्छु, मेरो उद्यम र व्यसायबाट ५÷६ हजारले रोजगारी पाउनुभएको छ, मुलुकका लागि दोलखाका लागि ठूलो योगदान पुगेको छ, त्यसैले म र उहाँ(माओवादी केन्द्रका उम्मेदवार)का बीचमा फरक छ ।

‘म दोलखाको साझा उम्मेदवार हुँ । मेरो उम्मेदवारी निश्चित भएपछि राम्रो मान्छे बालकृष्ण शिबाकोटी आउनुभयो भनेर कांग्रेसका साथीहरुले उम्मेदवारी नै दिन चाहानुभएन, यो कुरा जनतालाई घरघरमा गएर भनिदिनुस् उहाँले भन्नुभयो,‘त्यसैले अपराध र विध्वंश गर्नेलाई तपाईंहरुले मतदान गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु ।’

उहाँले मुलुक अधिकारको लडाईंबाट समृद्धिको दिशामा अगाडि बढेकाले वितमा विध्वंश र अपराध मात्र गर्नेहरुको विकल्पमा आफूलाई दोलखाली जनताले साझा उम्मेदवार ठानेर अत्याधिक बहुमतले विजयी बनाउने कुरामा विश्वस्त रहेको पनि बताउनुभयो ।

‘म दोलखाको साझा उम्मेदवार हुँ । मेरो उम्मेदवारी निश्चित भएपछि राम्रो मान्छे बालकृष्ण शिबाकोटी आउनुभयो भनेर कांग्रेसका साथीहरुले उम्मेदवारी नै दिन चाहानुभएन, यो कुरा जनतालाई घरघरमा गएर भनिदिनुस् उहाँले भन्नुभयो,‘त्यसैले अपराध र विध्वंश गर्नेलाई तपाईंहरुले मतदान गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु ।’

उहाँले माओवादी केन्द्रभित्र पनि विकास चाहाने र विध्वंश मन पराउने दुईओटा समूह रहे पनि विकास चाहाने ठूलो समूहको समर्थन आफूलाई रहेको जानकारी पनि गराउनुभयो । विकास चाहाने सिर्जनात्मक सोच भएका थुप्र्रै माओवादीका कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको पनि उहाँको भनाई थियो ।

त्यस्तै, नेकपा एसमा आबद्ध नेता–कार्यकर्ताहरुसँग आफूले लामो समय एउटै पार्टीभित्र बसेर सहकार्य गर्दै काम गरेको स्मरण गर्दै उहाँले सार्बजनिक रुपमै उपयुक्त मान्छेलाई एमालेले उम्मेदवार बनाएको भनेर प्रशंसा गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।


प्रकाशित | ३० कार्तिक २०७९, बुधबार १५:१४