नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

काठमाडौं : गैर आवासीय नेपाली संघको आयोजनामा नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक एक कार्याशाला संघको सचिवालयको सभाहलमा सम्पन्न भएको छ । युरोप नेपाल चेम्बर अफ कमर्शको सहकार्य तथा ग्लोबल एक्रिडिएशन र मुनलाईट टेलिभिजनको सहयोगमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, नेपाल सरकारका पूर्व सचिव मान बहादुर विक, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्टका कार्यकारी निर्देशक राजेश उप्रेती, नेपाल पर्यटन बोर्डका प्रतिनिधिद्वय लक्ष्मण गौतम र सुनिल शर्मा, युरोप नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दिपेश मान शाक्य, बेष्ट एयरल्यान्स अवार्ड नेपाल २०२० का प्रस्तोता एवं ग्लोबल एक्रिडिएशनका प्रतिनिधि लाल चन्द्र गौतम, होटेल एशोसिएसनका प्रथम उपाध्यक्ष विनायक शाह र प्रमुख कार्यकारी अधिकृत श्री टेकेन्द्र महत, भिलेज टूरिजम प्रमोसन फोरमका प्रतिनिधि गोपाल थापा, ट्रेकिंग एजेन्सीज एशोसिएसन नेपालका प्रतिनिधि सरिता लामा र सनम शेर्पा, सेफ एशोसिएशनका अध्यक्ष श्याम लामा, विश्व साईकल यात्री ज्ञान महर्जन, मुनलाइट टिभिका चेयरम्यान धर्मेन्द्र सापकोटा, संजाल खबरका निर्देशक अन्जन पोखरेल, मुनलाइट टिभिका प्रतिनिधि विश्व आचार्य, विनोद श्रेष्ठ, सिलिङ्गस ग्रुपकी कार्यकारी निर्देशक पावना श्रेष्ठ, कोपिला पोखरेल, नेपाल पर्वतारोहण संघका प्रतिनिधि द्वय पुष्प राज ढकाल र धन बहादुर गुरुङ, चेयर म्यान शिव अधिकारी र सदस्य असिम गुरुङलगायको सहभागीता रहेको थियो ।

यसैगरी संघको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापा, प्रवक्ता सोम सापकोटा, युरोपका क्षेत्रिय संयोजक सन्तोष भट्टराई, युरोपका क्षेत्रिय उपसंयोजक नवराज रोस्यारा, एशिया प्रशान्तका क्षेत्रिय सचिव प्रदिप न्यौपाने, यूकेका आइसिसि सदस्य एलएन पाण्डे, एनसिसि कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान, युकेका पूर्व आइसिसि सदस्य अर्कराज तिम्सिना, साउदीका पूर्व आइसिसि सदस्य राम बहादुर बेलबासे, युएसएका पूर्व आइसिसि सदस्य बलराम थापा, क्यानाडाका प्रतिनिधि हेमारज पाण्डे लगायत विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुमा संघका प्रवक्ता एवं पर्यटन प्रबर्द्धन समितिका संयोजक सापकोटाले स्वागत मन्तब्य राख्दै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धमा संघले गरिरहेका गतिविधिहरु बारे प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीकरणमा उहाँले नेपाल सरकाले प्रस्ताव गरेको पर्यटन वर्ष २०२३–०३३ मा सहयोग गर्नको लागि संघले सरोकारवाला संघ संस्थाहरुसंग सहकार्य तथा समन्वय गरी सहयोग गर्ने बताउनु भयो ।

साथै उहांले नेपालमा विदेशी पर्यटक भित्र्याउनको लागि संघले विगतमा एक साथी घर पठाउ, अतिथि देवो भव जस्ता कार्यक्रमहरु संचालन गरी सहयोग गरेको जानकारी दिदै भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो । यसरी नै उहांले हालसालै जापान, अष्ट्रेलिया, युरोप लगायतका क्षेत्रमा नेपाल महोत्सव संचालन गरी नेपाललाई विश्वसामु प्रबद्र्धन गरिरहेको बताउनु भयो ।

साथै उहांले दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई खेलकुदको माध्यमबाट नेपालमा जोड्ने कार्यहरु भईरहेको बताउंदै उनीहरुलाई नेपालको परम्परा, संस्कृति, पर्यटन क्षेत्र बारेमा जानकारी गराउनको लागि विदेशमा पाठ्यपुस्तक तथा अन्य माध्यमबाट जानकारी दिईरहेता पनि अझ अब डिजिटल तथा सामाजिक संजाल मार्फत सूचनाहरु संप्रेषण गरी जानकारी दिएमा उनीहरुको नेपाल प्रतिको लगावमा अझ बुद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

उहांले विदेशीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नको लागि उनीहरुकै भाषामा नेपालको पर्यटकीय स्थल, रैथाने खाना, संस्कृति बारे डिजिटल माध्यम तथा भिडियो मार्फत प्रसार प्रचार गर्नका लागि नेपाल सरकार र सरोकारवालाहरु समन्वय तथा सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा बेष्ट एयरलाईन्स अवार्ड नेपाल २०२० को प्रस्तुतीकरण लाल चन्द्र गौतम गर्नु भएको थियो । प्रस्तुतीकरणमा नेपालमा पर्यटक भित्र्याउनको लागि हवाई टिकट बाधक भएको र यो अरु मुलुकको तुलनामा अति महंगो भएको बताउंदै यसलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार कायम गर्न आग्रह गर्दै यस विषयलाई नेपाल सरकार संग पहल गर्न सरोकारवालाहरुलाई अनुरोध गर्नु भयो ।

युरोप नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दिपेश मान शाक्यले नेपालको पर्यटन प्रबद्र्धनका लागि युरोपका नागरिकहरुलाई नेपाल भ्रमण गर्नको लागि भएका गतिविधिहरु बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

युरोपका नागरिकहरुलाई नेपालको पर्यटकीय स्थल बारे जानकारी गराउनको लागि त्यहां रहेका गैरआवासीय नेपालीहरुले उनीहरुलाई सूचना प्रदान गरी सहयोग गर्न आग्रह गर्दै नेपालको पर्यटन प्रबद्र्धन गर्न संघ संग सहकार्य गर्ने बताउनु भयो ।

होटेल एशोसिएशनका प्रथम उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रबद्र्धनको लागि सबै सरोकारवालाहरुले आआफ्नो तर्फबाट विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्नको लागि आवश्यक पहल गर्न अनुरोध गर्नु भयो ।

रेष्टुरेण्ट एशोसिएसनका प्रतिनिधिले विदेशमा रहेका नेपाली रेष्टुरेण्ट र स्वदेशमा रहेका रेष्टुरेण्ट वीच एक अर्कामा लिंक गर्नको लागि जोड दिनु भयो । साथै उहांले नेपालको रैथाने खाना बारे विदेशी पर्यटकलाई जानकारी दिन आवश्यक रहेको हुदा त्यसको लागि पहल गर्न आग्रह गर्नु भयो ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि सुनिल शर्माले नेपालको पर्यटन प्रबद्र्धनको लागि बोर्डले गरेका गतिविधिहरु बारे जानकारी गराउनु भयो । साथै उहांले बोर्ड एक्लेलै प्रबद्र्धन सम्बन्धि काम गर्न नसक्ने भएको हुदा यसमा सबै सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भयो ।

भिट अफ नेपालका प्रतिनिधि गोपाल थापाले विदेशमा नेपालको पर्यटकी स्थल, कला, संस्कृति, रहनसहन, परम्परा र रैथाने खाना बारे सामाजिक संजाल तथा डिजिटल प्रविध मार्फत प्रचार प्रसार गर्न सके यसले नेपालमा पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने बारे बताउनु भयो ।

ट्रेकिंग एजेन्सीज् एशोसिएसन अफ नेपालकी प्रतिनिधि श्री सरिता लामाले नेपालको पर्यटन प्रबद्र्धनका लागि टानले गरेका गतिविधिहरु बारे जानकारी गराउंदै नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्नको लागि उनीहरुलाई एक महिनाको लागि प्रदान गरिने फ्री भिसाको प्रावधान लागु गर्नु पर्ने बताउदै यस प्रावधानले पर्यटकको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहांले अन्तर्राष्ट्रिय तथा घरेलु उडानमा बृद्धि गर्नु पर्ने र हालको लगेजको १० केजीको प्रावधानलाई पनि बढाउनु पर्ने धारणा राख्नु भयो ।

नेपाल सरकारका पूर्व सचिव मान बहादुर विक र र्‍याफ्टिंग एशोसिएसनका प्रतिनिधिले नेपालमा एडभेन्चरका क्षेत्रमा भएका गतिविधि र संभावना बारे जानकारी गराएका थिए ।

पूर्व सचिव विकले नेपाल भ्रमणको लागि विदेशी पर्यटकका साथै विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई समेत लक्षित गरी कार्यक्रमहरु तर्जुमा गर्नु पर्ने बताउनु भयो ।

साथै उहांले विदेशमा रहेका दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको पर्यटकीय स्थाल, खाना, संस्कृती, परम्परा बारे जानकारी गराउनको लागि संघले पहल गर्नु पर्ने बताउनु भयो ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टका कार्यकारी निर्देशक राजेश उप्रेतीले आफ्नो संस्थाले गरेका गतिविधिहरु बारे जानकारी गराउंदै आफ्नो संस्थाले हाल सम्म कुक, ट्रेकिंग लगायत अन्य पर्यटन सम्बन्धि तालिम दिएर थुप्रै आवश्यक दक्ष जनशक्ति तयार गरिसकेको जानकारी गराउनु भयो । यी दक्षशक्तिलाई नेपालमा रोजगारी दिन नसकेको गुनासो गर्नुका साथै उहांले प्रायजसो जनशक्तिहरु विदेशमा गई राम्रो आयआर्जन गरिरहेको बताउनु भयो । यसरी नै उहांले बर्दिबासमा तालिम केन्द्र संचालन गरेता पनि आर्थिक श्रोतको अभावको कारणले तालिम संचालन गर्न मुश्किल परेको हुदा यसमा सहयोग गर्न आग्रह गर्नु भयो ।

सेफ एशोसिएशनका अध्यक्ष श्याम लामाले एशोसिएसनले गरेका कार्यहरु बारे बताउदै नेपालको रैथाने खाना बारे विदेशमा रहेका रेष्टुरेन्टहरुमा प्रबद्र्धन गर्नु पर्ने र नेपालमा हाल पनि सुरक्षित खानाको बारेमा समस्या रहेकोले यस बारे तालिम तथा चेतनामा बृद्धि गर्नुपर्ने बताउनु भयो ।

ट्रेकिंग एजेन्सीका प्रतिनिधि सोनाम शेर्पाले आफ्नो एजेन्सीले गरेका कार्यहरुको जानकारी दिदै उहां विदेशी पर्यटकहरुलाई नेपाल सरकारमा दर्ता गरेको एजेन्सीबाट भ्रमण गर्ने जानकारी गराईदिन हुन संघलाई अनुरोध गर्नु भयो । उहांले अहिलेको समयमा कतिपय विदेशीहरु कुनै विशेष व्यक्तिको सम्पर्कमा आउने र ट्रेकिंग लागी गएको र घाइते पनि भएको जानकारी गराउनु भयो ।

विश्व साईकल यात्री ज्ञान महर्जनले विदेशका विभिन्न मुलुकहरुमा भ्रमण गरेर नेपालको पर्यटन प्रबद्र्धन गरिरहेको जानकारी गराउंदै उक्त कार्यको लागि टुरिंग साईकल उपलब्ध गराउन माग गर्नु भयो ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका क्षेत्रीय उपसंयोजक  नवराज रोस्याराले नेपालको पर्यटन क्षेत्रको विकासमा सामूहिक लगानी हुनुपर्ने बताउनु भयो । साथै उहांले सरोकारवाला र हामी विच विश्वासको वातावरमा कमी आएको महशुस गर्दै यसलाई सुदृढ गर्नको लागि अनुरोध गर्नु भयो ।

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रका क्षेत्रीय संयोजक सन्तोष भट्टराईले नेपालको पर्यटन प्रबद्र्धन लाई थप प्रबद्र्धन गर्नको लागि सरोकारवालाहरुको सुझाव आएमा हामी यसालाई हामी आफ्नो समुदायमा लगेर प्रचार प्रसार गर्ने कुरा बताउनु भयो । साथै उहांले विदेशी पयर्टकका साथै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको भ्रमण गर्ने खालको प्याकेजहरु ल्याउन आग्रह गर्नु भयो ।

यसैगरी कार्यक्रममा सहभागी हुनु भएका सामाजिक संजालका प्रतिनिधिहरुले नेपाल पर्यटकीय स्थालका साथै यहांका संस्कृती, रैथाने खाना आदिको प्रचार प्रसार सामाजिक संजालबाट गर्नु पर्ने बताएका थिए । साथै उहांहरुले यी कुराहरुलाई सामाजिक संजालमा कथा बनाएर प्रचार प्रसार गरेमा पर्यटकहरुको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

मुनलाईट टिभिका चेयरम्यान धर्मेन्द्र सापकोटाले सहभागीको सम्मानमा धन्यवाद ज्ञापन मन्तब्य राख्नु भएको थियो । उहांले मिडियाले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गरिहेको अझ सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा यस कार्याशालका सभापति तथा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले नेपालको पर्यटन क्षेत्र कोभिडका कारणले निकै समय प्रभावित भएको र हाल यस क्षेत्रमा विस्तारै सुधार हुदै गएको बताउनु भयो ।

साथै उहांले संघले राष्ट्रिय समन्वय परिषदको माध्यमबाट नेपालमा पर्यटन भित्र्याउनको पर्यटन प्रबद्र्धनका लागि विभिन्न गतिविधिहरु संचालन भईरहेको जानकारी दिनु भयो ।

उहांले विदेशमा निकै संख्यामा नेपालीहरुले होटेल तथा रेष्टुरेन्ट व्यवसाय गरिरहेको जानकारी दिनु भयो । साथै उहांले नेपालका ठूला होटलहरुका साथै ससाना होटेलहरुमा स्वस्थ्यकर खानाको लागि सरकारले ध्यानदिनु पर्ने राय व्यक्त गर्नुभयो ।

उहांले सरकारले ५ लाख विदेशी पर्यटक भित्रिएको भनेता पनि त्यसमा नेपालीमूलका गैरआवासीय नेपाली पनि समेटेको हुनसक्छ भन्ने बताउनु भयो । तसर्थ उहांले कति विदेशी र कति गैरआवासीय नेपाली आए त्यसको वेग्लावेग्ले डाटा सरकारले राख्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उहांले लेखेको रैथाने अथवा लोप भएका खाना सम्बन्धि पुस्तकको विमोचन गरिएको थियो ।

यस कार्यक्रमको संचालन होटेल एशोसिएसनका टेकेन्द्र महतले गर्नु भएको थियो । उहाँले पनि कार्यक्रमको संचालनको समयमा अब द्रुत गतिमा सबै सरोकारवालाहरु वीच सहकार्य र समन्वय गरी नेपाल पर्यटन प्रबर्द्धन सम्बन्धी कार्यक्रमहरु ल्याउन अनुरोध गर्नु भएको थियो ।


प्रकाशित | २४ कार्तिक २०७९, बिहीबार १७:१३