डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत जुटदै

लेगोस, नाइजेरिया । सुदूर पश्चिमको डोटी लगाएतका जिल्लामा हालै गएको भुकम्पबाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैर आवासीय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरिएको अभियानमा गैर आवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम एन्ड शान्ती भण्डारी फाउन्डेसन बोत्स्वानाले सहयोग गरेका छन ।

युगाण्डाको सबै भन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा.सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसन मार्फत अमेरिकी डलर पाच हजार, एनआरएनए नाइजेरियाले एक लाख नेपाली र बोत्स्वाना स्थित पदम एन्ड शान्ती भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्दता गरेका छन ।

थापाका अनुसार सहयोग संकलन यथाशिघ्र गरिने र धनगढी स्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समुहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिनेछ । सहयोग राशी पुरै स्थानिय निकायको उपस्थितिमा पीडितले पाउनेछन र स्थानीय प्रशाशनिक खर्च सहयोगी सस्थाहरुले ब्यहोर्नेछन्।


प्रकाशित | २४ कार्तिक २०७९, बिहीबार १५:५८