मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन

मुक्तीनाथ: राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि  निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is mukti1-1024x683.jpg

लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्मिक र पर्यटकहरुको वृद्धि होस्, यस ठाउँको जीवनस्तर माथि पुगोस् र स्वच्छ सफा आकर्षक नगरी बनाउन आफ्नो परिवार नै मुस्ताङमा पुर्वाधार निर्माणमा अगाडि बढेको उल्लेख गर्नुभयो ।

This image has an empty alt attribute; its file name is mukti-c-1024x683.jpg

होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल निर्माण गरिएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is mukti2-1024x683.jpg

गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा होटलका सञ्चालक लामाले मुक्तिनाथ क्षेत्रमा आउने भक्तजन पर्यटकलाई जाउँजाउँं मुक्तिनाथ बनाई धेरै पर्यटक भित्र्याउन सके सबैको नाम, ठाउँ फैलाउँदै जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनु भयो ।  स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उदेश्यका साथ थालेको तयारीले सार्थकता पाएकोे लामाको भनाई थियो ।

This image has an empty alt attribute; its file name is mukti3-1024x683.jpg

बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ ।

This image has an empty alt attribute; its file name is mukti4-1024x683.jpg

शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मूर्तिको शिलान्यास गर्नुभएको छ । उहाँले भगवान विष्णुको मूर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिट अग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गर्नुभयो ।

This image has an empty alt attribute; its file name is mukti5-1024x683.jpg

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपछ ।” उहाँले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो ।

This image has an empty alt attribute; its file name is mukti6-1024x683.jpg

संघका पूर्वअध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि भैरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पुर्वाधार निमार्ण कार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धीत निकायले विशेष जोड दिनुपर्ने औंल्याउनुभयो ।

This image has an empty alt attribute; its file name is mukti7-1024x683.jpg

विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि ९ करोड रुपैयाँ लागत लाग्ने आंकलन छ । जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गर्नु भएको हो । मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भैरहेको आयोजकले जनाएको छ ।

बुद्धको मूर्ति निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो । समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ । मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाई छ ।

This image has an empty alt attribute; its file name is mukti8-1024x683.jpg

स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८०० वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् ।

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफु संलग्न हुँन पाउँदा खुसी लागको मुर्तिका परिकल्पनाकार तथा गैर आवापिसय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले बताउनु भयो ।

मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताउनु भयो । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् ।

This image has an empty alt attribute; its file name is mukti9-1024x683.jpg

सन् २०१३ देखि यो परियोजनामा जुट्नु भएको लामाले आफ्ना श्रीमती र छोरा-छोरी समेतको करिव ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताउनुभयो । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिव ३ हजार ७०० मिटरको उचाईमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो ।

This image has an empty alt attribute; its file name is mukti10-1024x683.jpg

अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गर्नु भएको लामा गैर आवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहनु भएको थियो । काठमाण्डौको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिनुभयो ।


प्रकाशित | १८ कार्तिक २०७९, शुक्रबार १९:०५