रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीको शैक्षिक सूचना सत्र शनिबार

काठमाडौँ -रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले नोभेम्बर ५ मा शैक्षिक सूचना सत्र आयोजना गर्ने भएको छ ।

यो मेला बेलायतको योर्क सेन्ट जोन युनिभर्सिटीसँगको सहकार्यमा राजधानीको नागपोखरीस्थित अरण्य बुटिक होटलमा दिउँसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । कार्यक्रमको उद्देश्य जनवरी २०२३ इन्टेकको लागि सम्भावित विद्यार्थीहरूको लागि सूचना सत्र र आवेदन मूल्याङ्कनहरू लगायतका कार्यक्रम रहने छ।

कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, इन्टरनेशनल विभाग प्रमुख मोहसिन रमजान र इन्टरनेशनल डेभलपमेन्ट म्यानेजर काइल हेनरीले विश्वविद्यालय र भर्ना प्रक्रियाका बारेमा जानकारी दिनेछन् ।

आयोजक टोलीले सबै उत्साही विद्यार्थीहरूलाई यस कार्यक्रमले उनीहरूको भविष्यको करियरको लागि धेरै उपयोगी हुने भन्दै उपस्थित हुन अनुरोध गरेको छ।


प्रकाशित | १८ कार्तिक २०७९, शुक्रबार ०९:३९