सोनाम लामाले करिब ६ करोड खर्चेर मुक्तीनाथमा बनाए बुद्धको मूर्ति

मुस्ताङ:  गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नु भएको छ । समुद्ध सतहबाट ३ हजार ७ सय १० मिटर उचाईमा रहेको बुद्धको मूर्ति लामाले ५ करोड ७५ लाख बढी रकम खर्चिएर निर्माण गर्नु भएको हो ।

May be an image of 5 people, monument and outdoors

त्यस्तै, ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ भने मूर्तिसँगै पार्क पनि बनाइएको छ ।
लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको हो । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो ।

मूर्तिबाट अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ । साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ ।

लामाका अनुसार बुद्धको मूर्ति यही कार्तिक १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन राष्ट्रपति भण्डारीले बुद्धको मूर्तिको उद्घाटन गर्नु भएसँगै मुक्तीनाथ संरक्षण समितिलाई हस्तान्तरण गरिने लामाले जानकारी दिनु भयो ।

May be an image of mountain, sky and road

लामाका अनुसार राष्ट्रपति  भण्डारीले सोही दिन विष्णु मूर्तिको सिलान्यास गर्नुहुने कार्यक्रम छ । विष्णु मूर्ति निर्माणको लागि यसअघि एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेले आमा–बुबाको नाममा ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ । मुक्तीनाथ क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुङ्गाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो ।

May be an image of 3 people and mountain

त्यस्तै, लामाले निर्माण गर्नु भएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि सोही दिन उद्घाटन हुनेछ । चार तारे बुटिक होटल सबै सुविधानसम्पन्न छ भने यो क्षेत्रमा यस्तो होटल पहिलो पटक संचालनमा आएको हो ।


प्रकाशित | ८ कार्तिक २०७९, मंगलवार २२:०१