एनआरएनए सेसेल्सले गर्यो दशैँ तिहार लक्षित शुभकामना कार्यक्रम

एनआरएनए सेसेल्सले नेपालीहरुको महान् पर्व दशैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए सेसेलको चौथो वार्षिक उत्सवको समेत अवसर पारेर माहे आइल्यन्डमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यत्तिहरुलाई सम्मान गरिएको थियो ।

सेसेल्स अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा आयोजित कार्यक्रममा विभिन्न खेलहरु तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेका थिए ।
प्रमुख अतिथी एनआरएनए अफ्रीका क्षेत्रीय उप–संयोजक आरपी पन्त रहनु भएको सो कार्यक्रममा घैटो फुटाउने, म्युजिकल चियर, अन्डा र चम्चा दौड जस्ता मनोरञ्जनात्मक खेल हरु भएका थिए ।

सो कार्यक्रममा एनआरएन सेसेल्सका उपाध्यक्ष आर सि राई र हरि लामाले गरिबको पीडा नामक नाटक प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा घैटो फुटाउने खेलमा नुप नारायण कुन्वर विजयी हुनु भएको थियो भने म्युजिकल चियरमा उषा गुरागाईले बाजी मार्नु भयो । यता अन्डा र चाम्चा दौडमा कृष्ण गुरुङ्ग विजयी भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा झन्डै तिनसय जनाको सहभागिता रहेको एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकले जानकारी दिनु भयो ।


प्रकाशित | १७ आश्विन २०७९, सोमबार १६:००