चीनको दक्षिण क्षेत्रको च्याम्बर अफ कर्मसको व्यापार प्रतिनिधीमा न्यौपाने नियुक्त

काठमाडौं : युवा व्यावसायी प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त हुनुभएको छ । नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आउनु भएका न्यौपाने गैर आवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । साथै न्यौपाने हाल गैरआवासीय नेपाली संघको एसिया प्यासिफक क्षत्रीय सचिवपनि हुन्छन् ।

एनसीसीको व्यापार प्रतिनिधी नियुक्त भएसँगैको संक्षिप्त कुराकानीमा व्यावसायी न्यौपानेले व्यापार क्षेत्रमा आफ्नो लामो अनुभव र सवै साथिहरुको सहयोग एवं सहकार्यका आधारमा आफूले रचनात्मक र प्रभावकारी कार्य गर्ने वताउँनुभयो ।

This image has an empty alt attribute; its file name is 289340975_332392958944920_9043414178613815089_n-1024x768.jpg

एनसीसी मार्फत चीनमा रहेका नेपाली र चिनिया व्यावसायीहरुलाई नेपालमा व्यापार व्यावसाय गरिरहेकाहरुसँग सहकार्य र व्यापार विस्तार गर्न आफुले सक्ने प्रयत्न गर्ने न्यौपानेको भनाई थियो। चीनमा आयोजना हुने व्यापारिक मेला तथा विभिन्न कार्यक्रमहरुमा आफुले एनसीसीको प्रतिनिधित्व गरी सहकार्य र व्यापार विस्तारमा पहल गर्नेमा उहाँले जोड दिनुभयो ।

दक्षिण चीनमा क्वान्तोङ, हाईनान, हेनान, हपेई र हुनान प्रान्तहरु तथा क्वान्सी चुवाङ स्वायत्त क्षेत्र पर्दछन्। यी क्षेत्रहरु क्षत्रीय तथा अन्र्तराष्ट्रिय व्यापारीक केन्द्रहरु नै हुन् । नेपालीलगायत विश्वका विभिन्न मुलुकहरुवाट आएका व्यापारीहरु यी क्षेत्रका विभिन्न स्थानहरुमा रहेर आयात निर्यात व्यापारमा लागिपरेका हुन्छन्। त्यसकारणपनि प्रान्तिय तथा केन्द्रीय सरकारले यस क्षेत्रको विकास, सुरक्षा र प्रवन्धमा धेरै नै महत्व दिएर कार्य गरेको छ।

युवा व्यावसायी न्यौपानेको कामरु ट्रेडिङ नेपालमैपनि अन्र्तराष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक विक्रेता हो । जसको नेपालका विभिन्न सहरहरुमा शाखाहरुपनि सञ्चालन भईरहेका छन् । न्यौपानेको अग्रसरतामा केल्मी ब्रान्डले नेपालका खेलकुल क्षेत्रलाई आर्थिक तथा प्राविधिक सहयोगहरुपनि पुर्याउदै आएको छ ।


प्रकाशित | १९ असार २०७९, आईतवार १०:३९