एनआरएनएले मधेश प्रदेशलाई ब्लड बैंक बस सहयोग गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघले मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्न लागिएको हो ।

रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि ब्लड बैंक बस प्रदान गरिने एनआरएनका कोषाध्यक्ष सुनिल साहले बताउनु भयो ।

सबै कानुनी र खरिद प्रकिया सुरु भएर छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उहाँले बतानु भयो । ब्लड बैंक बसको करिब ६० लाख भन्दा बढी मुल्य पर्ने जनाइएको छ ।

यस अघि पनि गैर आवासीय नेपाली संघले भरतपुर महानगर र सुदुरपश्चिम प्रदेशमा ब्लड बैंक बस प्रदान गरिसकेको छ ।


प्रकाशित | १५ असार २०७९, बुधबार २३:११