प्रधानमन्त्री देउवा र बालेन्द्र साहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गर्नु भएको हो ।

दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु भयो।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताउनु भयो।


प्रकाशित | २६ जेष्ठ २०७९, बिहीबार २१:०८