मुद्दा मिलाइदिने बहानामा घुस ! समातिए तीन लाख घुससहित नायव सुब्बा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख घुससहित एक जनालाई पक्राउ गरेको छ । मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप उनीमाथि छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०९:४४