मध्यपुर थिमि-२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ९ सय ८८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा प्रकाश थापा मगरले ८ सय ९४ मत ल्याउनु भयो ।

त्यसैगरी वडा सदस्यमा काँग्रेसकै शेखर थापामगर विजयी हुनु भयो भने अन्य तीनजना सदस्यमा नेकपा एमालेका उमेदवार विजयी हुनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ७ सय ९९ मत पाएर अग्रता लिनु भएको छ भने एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय १३ मतसहित पछ्याई रहनु भएको छ ।

उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले २४ सय ७० मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १६ सय ५३ मत ल्याएका छन् ।

यसअघि थिमि–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी हुनु भएको थियो ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार ०७:४१