जापानमा निधन भएका अर्यालप्रति अध्यक्ष कुँवरद्धारा दु:ख ब्यक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका पंजीकृत सदस्य विकास अर्यालको असामयीक निधनप्रति दु:ख ब्यक्त गरिएको छ । विनोद कुँवर नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघका कोषाध्यक्ष डिला खरेलको नाताले भिनाज्यू पर्नु हुने अर्यालको असामयीक निधनप्रति दु:ख ब्यक्त गरिएको हो ।

अध्यक्ष कुँवरले समवेदना ब्यक्त गर्दै भन्नु भएको छ, ‘२०३१ चैत्र २० मा जन्मनु भएका विकास अर्यालको चैत्र १२, २०७८ मा असामयिक निधन भएको सुन्दा हामी अत्यन्तै दुखि भयौं। गैर आवासीय नेपाली संघ स्व बिकास अर्यालको आत्माको शान्तिको लागि प्रार्थना गर्दै शोक संतप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनेर यस दुस्खद घडिमा समावेदना प्रकट गर्दछौं।’


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार १०:१९