कुँवर पक्षद्धारा दुई पदाधिकारीसहित १४ जनालाई सल्लाहकारमा मनोनीत, प्रवक्तामा धमला

काठमाडौं : विनोद कुँवर नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघको बैठकले रिक्त दुई पदाधिकारी र प्रवक्ता पदमा मनोनीत गरेको छ ।  अध्यक्ष कुँवरले एक विज्ञप्ति जारी गर्दै दुई सचिवसहित प्रवक्ता पदमा मनोनीत गरिएको जनाइएको हो ।

सोमबार बसेको बैठकले सचिवमा कृष्ण संजेल (केसी), अमेरिका,  धर्म राज खतिवडा (अष्ट्रिया) र प्रवक्तामा प्रकाश धमला (दक्षिण कोरिया) लाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बैठकले १४ जनालाई सल्लाहकारमा मनोनीत गर्ने निर्णय गरेको छ ।

बैठकले सल्लाहकारमा  सोनाम लामा (अमेरिका), डा. गणेश गुरुङ (नेपाल), रञ्जु वाग्ले (अष्ट्रेलिया), पुरु श्रेष्ठ (अमेरिका), पासाङ लामा (अमेरिका), डम्बर घले (बेलायत), यमकुमार गुरुङ (त्रिलोक)- हङकङ, योगकुमार फगामी (बेलायत), श्याम तामाङ (नेपाल), गंगाराज राई (दक्षीण कोरिया), राज श्रेष्ठ (दक्षीण कोरिया), एसी शेर्पा (अमेरिका), योगेन क्षेत्री (बेलायत), अरुण श्रेष्ठ (जापान) र धरम केसी (साउदी अरब)लाई मनोनीत गर्ने निर्णय गरेको महासचिव जानकी गुरुङद्धारा जारी विज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | २४ चैत्र २०७८, बिहीबार १९:४४