संसदमा राष्ट्रपति भण्डारीको सम्बोधन: चीन भ्रमणबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास ब्यक्त गर्नुभएको छ । शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमणबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास ब्यक्त गर्नुभयो ।

अवसरा भण्डारीले सरकार गठन भएपछि कानून तर्जुमा गर्ने काम सम्पन्न भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा सबैलाई एकजुट बनाउन सरकार सफल हुँदै पृथकतावादको अन्त्य गरिएको बताउनुभयो । ‘जनअभिमतलाई सम्मान गर्ने सबै शक्तिहरु संविधानलाई आत्मसाथ गरी मूलधारमा आउनु असाधारण उपलब्धी हो,’ राष्ट्रपति भण्डारीको भनाइ छ । उहाँले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताउनुभयो । अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको पनि उहाँले बताउनुभयो ।

मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उहाँले बताउनुभयो । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उहाँले बताउनुभयो ।

‘जनताको सुख दुःखमा सरकार पुगेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।  मुगुको खत्याडमा सरकार हेलिकोप्टर लगेर पुगेको छ, झोलुङ्गे पुल लिएर सरकार खोला खोलामा पुगेको छ,’  राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘अनुसन्धान आविष्कार र नवप्रर्द्धनका लागि संरचना निर्माण पूँजीको खोजी सुरु भएको छ, भौतिक पूर्वाधार विकासमा सरकारले फड्को मारेको छ।’


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १७:०४