पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सिमित

काठमाडौं – यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् ।

बिहिबार बिहान अमेरिकामा भएको ७० औँ संस्करणको  मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज पहिर्‍याइन् ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भइन्। ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ ।

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए। मिस नेपाल नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन्।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार ११:०७