सुनको मूल्य ओरालो लाग्यो

काठमाडौँ- सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो ।

मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।

बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।


प्रकाशित | २ चैत्र २०७८, बुधबार १४:५४