रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो, १३ हजार भन्दा बढी पक्राउ

तस्विर: रोयर्टस

मस्को– रुसमा युद्धविरोधी प्रदर्शनहरू चर्किएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शनचर्काएका हुन ।

रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ।

रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ।

हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध रुस, बेलारुस र अन्यत्र पनि दिनहुँ प्रदर्शन गर्न आह्वान गरेका छन्।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार १०:५७