रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालय

एजेन्सी– रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा प्रवेश गर्दा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच शान्तिवार्ता सुरु भएको छ ।

युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा शान्तिवार्ता सुरु भएको बीबीसीले जनाएको छ ।

बैठकअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले तत्काल युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताउनु भयो ।

यसैबीच रुसले दुवै पक्षलाई फाइदा हुने गरी सम्झौता गर्न चाहेको बताएको छ ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १८:३६