रेखा थापाले गरिन् अदालती विवाह

काठमाडौं – अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गर्नु भएको छ । थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गर्नु भएको हो ।

थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवनमा १० वर्षअघि सम्बन्धविच्छेद गर्नु भएको हो । रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आउनु भएको थियो । जाजरकोटका शाही ठकुरी हाल अमेरिका बस्दै आउनु भएको छ ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १८:२८