मध्यपुर थिमिको कोरिया मैत्री अस्पताल र रामेछापको गोकुलगंगा गाउँपालिका अस्पतालबीच सम्झौता

भक्तपुर – मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र गोकुल गंगा गाउँपालिका अस्पतालबीच भगिनी सम्बन्ध स्थापित भएको छ । दुई नगरपालिकाले आपसी सहयोगको सम्झौतापत्रमा समेत हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा शुक्रबार मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले हस्ताक्षर गर्नु भयो ।

सम्झौता पत्रमा भक्तपुरको कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पतालका कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि आवश्यक सहयोग गर्नेछ । सँगै गोकुलगंगा अस्पतालको समन्वयमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिका भित्र आवश्यक स्वास्थ्य शिविर सञ्चालन गर्ने, कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पताललाई टेलि कन्सल्टेशनमार्फत आवश्यक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने, गोकुलगंगा अस्पतालको सिफारिसमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिकाका बिरामीलाई शुल्कमा छुट दिने विषय उल्लेख छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १७:१६