मध्यपुर थिमिमा आयोजित राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न

भक्तपुर – मध्यपुर थिमिमा आयोजित राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । तीनदिने प्रतियोगिता अन्तर्गत पुरुष÷महिलातर्फ सिनियर÷जुनियर÷युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा बिहिवार २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन ।

सायद १३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

नेपाल भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार बहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् । सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जिते ।

सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्का दोश्रो तथा एपीएफका रणबहादुर नगरकोटी तेश्रो भए ।

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए । उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे । नेपाली सेनाका दिनेश कार्की दोश्रो तथा एपीएफका सन्तोष चौधरी तेश्रो भए ।

जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा १ सय ५ केजी गरी जम्मा १ सय ७८ केजी वजन उठाए । चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कांस्य हात पारे । युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०–९० केजी गरी कुल १ सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे ।

प्रतियोगिताको युथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन् । सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन् ।

सायद ९ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउदै पहिलो भइन् । ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन् । ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७८ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोश्रो भइन् । ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन् ।

जुनियर पुरुषको १ सय २ केजीमा आर्मीका निरज सिग्देल पहिलो भए । उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा १ सय ३० केजी भार वहन गरे ।

सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले । १०२ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोश्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेश्रो बने ।

विजेतालाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १८:४१