पछिल्लो २४ घण्टामा थपिए ५ हजार ८७ कोरोना संक्रमित

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ५ रहेको छ ।

 

 


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १७:१२

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *