भारतमा एकै दिन अढाई लाख कोरोना संक्रमित थपिए

काठमाडौँ – भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ९० हजार ९१६ जना कोरोनामुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ६५ लाख ७१ हजार ४२३ पुगेको छ । तीमध्ये ३ करोड ४८ लाख निको भइसकेका छन् भने ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

 

 


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १६:३९