भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना पुष्टि

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।


प्रकाशित | २६ पुष २०७८, सोमबार १०:१९