सार्वजनिक यातायातमा जिपिएस प्रणाली लागु हुँदै, के हो जिपिएस?

काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्न लागेको छ। जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी रहेको समाचार गोरखापत्र दैनिकमा छ।

आगामी नौ मिहनामा सक्ने गरी विश्व बैंकको सहयोगमा काम सुरु भएको छ। जिपिएस प्रणालीका लािग परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालिएको बताइएको छ। विभागका महानिर्देशन कुमारप्रसाद दाहालका अनुसार देशभरका करिब ४२ लाख सवारी साधनमा जिपिएस लागु गरिनेछ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०७:२०