एमाले दोलखाको सचिव पदमा होम पाठकको उम्मेदवारी दर्ता

चरिकोट – नेकपा एमालेका नेता होम पाठकले जिल्ला कमिटि दोलखाको सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । एमाले दोलखाको १० औं जिल्ला अधिवेशन अन्तर्गत आज पाठकले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

विभिन्न संघसंस्थादेखि पार्टीमा समेत सक्रिय भूमीका निर्वाह गर्दै आउनु भएको पाठक जिल्लामा सबैको लोकिप्रय हुनुहुन्छ । पाठकले सबैको सल्लाह र सुझाव अनुसार जिल्ला सचिवमा उम्मेदवारी दिएको गरेको बताउनु भयो ।

दोलखाको एमाले पाटीलाई थप संगठित, सशक्त बनाउँदै नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता छन् । एमाले पाटीका नेता तथा कार्यकर्तालाई हरेक क्षेत्रमा अब्बल बनाउने योजना पनि उहाँले अगाडि सार्नु भएको छ ।

पाटीलाई जिल्लाकै सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्ने पाटीको विकास, विस्तार र जनताको समृद्धिका लागि सचिवको सक्षम उम्मेदवार रहेको उहाँले बताउनु भयो ।

विद्यार्थी राजनीतिबाट सक्रिय भूमिका निवार्ह गर्दै जिल्ला कमिटिमा रहनु भएका पाठक एमाले दोलखाको अग्रभागका नेतृत्वको रुपमा परिचित हुनुहुन्छ भने सबैको साझा उम्मेदवारका रुपमा समेत उहाँले आफूलाई उभ्याउनु भएको छ ।

अध्यक्षमा श्रेष्ठ र  दुलालको उम्मेदवारी 

नेकपा एमाले दोलखाको अध्यक्ष पदमा हालको कमिटीका उपाध्यक्ष र सचिवबीच प्रतिस्पर्धा हुँदैछ । केहि समय अघि सकिएको उम्मेदवारी दर्ता अनुसार हालको कमिटीका उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत प्रसाद दुलालले उम्मेदवारी दर्ता गर्नु भएको छ । अब यी दुई जनाबीच एमाले दोलखाको नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो ।

त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेककुमारी चौलागाँई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठ गरी पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा पाठकसहित हिरा थोकर उम्मेदवारी परेको छ । उपसचिवमा भने दर्जन बढीले उम्मेद्वारी दर्ता गराएका छन् । उपसचिव पदमा सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, रेशमराज रिमाल, कमला बस्नेत, केशव चौलागाँई, सीता केसीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

त्यसैगरी, हरिवंश चौलागाँई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले पनि उपसचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा एमालेको विधान अनुसार निर्वाचनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव निर्वाचित हुनेछन् ।


प्रकाशित | २४ पुष २०७८, शनिबार १९:३८