एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा यूवा नेता राजेश श्रेष्ठको उम्मेदवारी

चरिकोट – नेकपा एमाले दोलखाको १० औं महाअधिबेशनमा यूवा नेता राजेश श्रेष्ठले जनजाती पुुरुषतर्फको जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अनेरास्वयुबाट एमालेको राजनैतिक यात्रा सूरु गर्नु भएका श्रेष्ठ एक दशकदेखि नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । यसअघि श्रेष्ठ गौरीशंकर–५, सुरी गाउँ पार्टी कमिटीको दुई कार्यकाल अध्यक्ष, राष्ट्रिय यूवा संघ दोलखा क्षेत्रीय सचिव, जिल्ला कमिटी सदस्य, राष्ट्रिय यूवा संघ दोलखाको सचिवालय सदस्य हुँदै हाल राष्ट्रिय यूवा संघको केन्द्रीय सदस्यमा सक्रिय हुनुहुन्छ । साथै यसका अलवा श्रेष्ठ यूवा व्यवसायी समेत हुनुहुन्छ ।

नेकपा एमाले दोलखाको १० औं महाअधिबेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा युवाहरुको जिल्ला कमिटी सदस्यमा बलियो दावेदारी छ । त्यसै मध्येका एक श्रेष्ठ हुनुहुन्छ । राष्ट्रिय युवा संघबाट महाराज गुरुङ, धिराज सुबेदी र राजेश श्रेष्ठ र अनेरास्वयुबाट रमेश श्रेष्ठ, शक्ति पाठक, नेत्रलाल तमाङ र राजकुमार ढुंगेलले जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा एमाले दोलखाको अध्यक्ष पदमा हालको कमिटीका उपाध्यक्ष र सचिवबीच प्रतिस्पर्धा हुँदैछ । केहि समय अघि सकिएको उम्मेदवारी दर्ता अनुसार हालको कमिटीका उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत प्रसाद दुलालले उम्मेदवारी दर्ता गर्नु भएको छ । अब यी दुई जनाबीच एमाले दोलखाको नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो ।

त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेककुमारी चौलागाँई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठ गरी पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा भने हिरा थोकर र होम प्रसाद पाठकको मात्र उम्मेदवारी परेको छ । उपचिवमा भने दर्जन बढीले उम्मेद्वारी दर्ता गराएका छन् । उपसचिव पदमा सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, रेशमराज रिमाल, कमला बस्नेत, केशव चौलागाँई, सीता केसीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

त्यसैगरी, हरिवंश चौलागाँई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले पनि उपसचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको  छ ।

नेकपा एमालेको विधान अनुसार निर्वाचनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव निर्वाचित हुनेछन् ।


प्रकाशित | २४ पुष २०७८, शनिबार १९:१७