नयाँ वर्षमा…

हरि पौडेल /नेदरल्याण्ड

के भनु कसरी एक्लो बिताएँ नयाँ वर्षमा
आफुले आफैलाई फकाएँ नयाँ वर्षमा

हुन त केही मुखमा राख्न मन लागेन
तिम्रो फोटो हेरि-हेरि म्वाई खाएँ नयाँ वर्षमा

बोलाउँ भने कसो अझै ग्रीनकार्ड भा छैन
यसपालि पनि तिमीलाई सताएँ नयाँ वर्षमा

मर्द बनि बसे थें कहिल्यै रुंदिन भनेर
सम्झी तिम्रो मुहार आंसू चुहाएँ नयाँ वर्षमा

गाउँमा सबै साथी भाइ हांसी ख़ुशी होलान
विदेश आई सुख शान्ति हराएँ नयाँ वर्षमा


प्रकाशित | १६ पुष २०७८, शुक्रबार २०:५८